भन्न एक मौका पाईएन,
जब थाहा भो, तिमीले यो शहर छोडेछौ
मनले गुनासो गर्यो,
जिवन कसरी कहर भएछ,
नाम दाम ऐस आराम
देखेको तिम्रो बत्तिसी मुस्कान
र तिम्रा बेदना बुझ्ने एक मौका पाईएन।
रंगमञ्च भित्र कति रंगमञ्च !
मन ऊथलपुथल,
फेरि नि हाँस्न चाहिँ पर्छ नि ।
आशा निहित,
जिवन रंगमञ्चबाट थाकेको ऊ,
एक अम्खोरा ढाढस दिन सकिएन ।
आज मनले गुनासो गर्यो,
कठै, ति काँपेका हातहरू,
समातेर आश्वासन दिन सकिएन
हौसला दिन सकिएन ,
ती आँशु पुछ्न सकिएन,
नयाँ आशा दिन सकिएन,
प्रेम दिन सकिएन,
ध्यान दिन सकिएन,
एउटा ऊज्यालो बाटो सुनाउन सकिएन,
जिवनको नयाँ आधार दिन सकिएन,
अनि, भन्न सकिएन,
आज जानेकी जिध्द,ना करो ।।
🙏🙏🙏
~~O🌞~~


0 Comments